पोखरामा तीन ग्रेडमा सयपत्री फूलको मूल्य, प्रति थुङ्गा २ देखि ५ रुपैयाँ

पोखरामा सयपत्री फूल प्रतिकेजी ४ सय रुपैयाँ

पाेखरा | कात्तिक २२, २०८०

पोखरामा तीन ग्रेडमा सयपत्री फूलको मूल्य, प्रति थुङ्गा २ देखि ५ रुपैयाँ

पोखरा:   पोखरा महानगरपालिकाले स्थानीय सयपत्री फुलको मूल्य तोकेको छ । 


बाहिरबाट सयपत्री तथा फूल आयातमा रोक लगाएको पोखरा महानगरपालिकाले तीन ग्रेडमा सयपत्री फुलको मूल्य तोकेको हो । 


पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरुको संयुक्त बैठकले सयपत्री फूलको तीन ग्रेडमा मूल्य निर्धारण गरेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।


महानगरले तीन ग्रेडमा फूलको मूल्य निर्धारण गर्दै ५ देखि २० ग्राम सयपत्रीको फूलको मूल्य तोकेको हो । महानगरका अनुसार ए देखि सी ग्रेडको ५ देखि२० ग्राम फूलको प्रतिकेजी ४ सय रुपैयाँ मूल्य तोकेको छ । 


यस्तै १५देखि २० ग्रामको फूलको प्रति थुङ्गा ५ र प्रति मालाको २ सय, १० देखि १५ ग्राम फूलको प्रति थुङ्गा ४ सय मालामा १ सय ८० र ५ देखि १० ग्राम फुलको प्रति थुङ्गा १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । 


पोखरा महानगरपालिकाले पोखरामा सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएको छ । भने बजारमा प्लास्टिकको फूलमाला बिक्री वितरण गर्न समेत प्रतिबन्ध लगाइएको छ । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्